तिम्रो त्यि डिप्लाेम्याटिक बात
न पहिलो भेटमा बुझेँ
न अहिले नै बुझ्छु ।
तिमीले दिएको 'योद्धा' को उपनामको
अर्थ म अझै बुझ्दिनँ।
कुन युद्धमा मेरो जित हुने कुरा गर्छौं
खै! अझै ठम्याउन सक्ने चेत राख्दिनँ ।
मेरो दिमागको उपज रहेका तिम्रा
भारी लाग्ने बात एकछिन
पर राखेर मेरो नादानीमा भिज्देउन ।
थाहा छ मलाई तिमीले पहिल्यै
बुझेका थियौं स्वतन्त्र उड्नु छ मलाई
तर, सुन न सँगै हिँड्न र उड्न मिल्दैन ?
तिमीले भनेको जितको उत्सवसँगै मनाउन मिल्दैन ?
तिमीले नै त हो तिमीसँग तर्क गर्न सिकाएको ।
हरेकलाई प्रश्न गर्न सिकाएको ।
अनि आज किन मेरा हर प्रश्नमा मौन छौँ ?
यत्ती भन...
यो भिडमा उभिदा उभिदै
के तिमी पनि यो भिड जस्तै भयौं ?
©Taani
#sagarkinare