" सायद "
प्रनित कुलुङ राई
कोरेको यो मेरो कथामा
सँगै बिताएँका, त्यी पलहरुमा
के थियौ? को थियौ?
के केवल थियौ समयले ल्याएको तुफान
या सायद थियौ त्यसभित्र लुकेको मेरो परिवर्तन ।
काश त्यो हाम्रो लामो अन्तरालमा
तिमीलाई बुझ्न सकेको भए
सायद हामी यो चाम्रो सम्बन्धमा होइन
तर घनघोर मित्रतामा बाँधिएको हुन्थ्यो ।
भोलि हाम्रो कुनै मोडमा भेट त होला
थाहा छैन हाम्रो सम्बन्धले कुन घुम्टो ओढ्ने हो
तर कहिँ -कतै त्यस घुम्टोभित्र लुकेको कठिनाईहरूले
फेरि नयाँ सम्बन्धको काजुलि नफेरोस ।
त्यसले जस्तो छौ, जे छौ, जहाँ छौ
सँधै तिम्रो खुशीको लागि जिएको थिए र
आज हाम्रो दोष र निदोषको खेलमा पनि
सायद आफु पराजित भएपनि सँधै तिम्रो जितको कामना गर्ने छु ।
हुन त त्यस समयमा पनि बुझ्न सकिन र
सायद आजसम्म पनि बुझ्न सकेको छुझ्न
के थियौ ? को थियौ?
के केवल थियौ समयले ल्याएको तुफान
या सायद थियौ त्यसभित्र लुकेको मेरो परिवर्तन ।