निम्तो
थोरै न्यानो माया धेरै आशीर्वादको खाचो छ मलाई
मेरो नयाँ जीवनको शोभायात्राको निम्ति
हजुरहरुको उपस्तितिको चाहना छ मलाई
हजारौं रंगीन स्वप्ना कोर्न जाँदैछु नयाँ शहर
मनमा उर्लिएका हजारौं रहरलाई
दिनुछ अब एउटा मिठो ठहर
दुई कथाको एक हुने महाउत्सव हुदैछ
आउनुहोस् है हजुरहरू मेरो र उनको मिलन हुँदैछ
©swary dhungel
poem