"बरकी"
प्रनित कुलुङ राई
निर्बल, लरखराई रहने मेरो ती पाईलाहरुलाई,
"ता-ते, ता-ते", धुनको साथलगाई,
कतै कमजोर बनी लड़ी जान्छु कि भनेर
पखार्लसरि बलियो त्यो तिम्रो काँधमा
नफुत्किनेगरि मलाई बाँधि राख्ने तिम्रो त्यो बरकी ।
मेरो त्यो चिख-भित्र लुकेको भु:खलाई बुझी,
तिखो स्वरमा कार्ली -कार्ली रूँदा, आफनु दु:ख भुलि,
मधुर धुन गाउँदै, मलाई तिम्रो काँधमा बरकीले बेरी,
घण्टौ आफुले त्यस बरकीको गाँठोको कष्ट सहि,
मलाई आनन्दको सपना दिलाउने, तिम्रो त्यो बरकी,
आज देखेर किन लाग्छ हौ !मलाई किरिकिरी ।
कति पुछेउ होला, तिम्रो पसिना र मेरो आँशुहरू
कति लुकायौ होला, तिम्रो कठिनाई र मेरो भुलहरू
तर आज म बलवान् भएको कि,
पातुलो र कमजोर भएको, तिम्रो त्यो बरकी,
बेरंग, थोत्रो अनि असाउँदो हुँदा
किन घृणाको बस्तु बन्दै छ! तिम्रो त्यो बरकी ।
हुन त म तिम्रो बरकीको ऋणी त छु
तर जिवनको तितो सत्य त यही रहेछ,
मेरो अन्धो- निस्ठुरी भावनाहरुले तिम्रो ऋण तिर्न भन्दा
अरूकसैलाई नै महँगो उपहार दिन रुचाउँछ,
तिम्रो कर्जामा डुबेर पनि, स्वार्थी, लज्जित, अन्धो भावनाहरुले मेरो
कहिले तिर्न नसक्ने रहेछु मूल्य तिम्रो त्यो बरकीको ।
Barki (shawl)
Dedicated to all mothers on occasion of #international_womens_day
#Nepali_Poem