(दुर्गा भजन)
आदि शक्ती दुर्गा माता जगत जननि
भक्ती भजन पूजा गर्छौ जानि नजानि
ममताकी महासागर गौरी आमा
सधै भरि गर्नु भक्तजनमा दया ।।
सरल मन शुद्ध भावले माता तिम्रो पूजा गर्छु
हर बोलिमा जय माता दी को नारा लगाउँ छु
हे माता अम्बे गौरी दया गर हामीलाई
मेटाइ देउँ हाम्रो जिवनको अंधकारलाई ।।
रक्षा गर दूर्गा माता काली रूपमा आई
दुःख कष्ट नाश गर हाम्रो महा गौरी भै
कन्याकुमारी तिमीनै हौ जगत अम्बा माता
जगत - जननि शेरावाली जय दूर्गा माता ।।
ज्ञान बुद्धि ममता को भावना हामीलाई दिनु
कु-विचार कु -सोचको भाव आजै विनाश गर्नु
पुकार गर्छौ हामी हरपल हे माता दुर्गे
आमाको ॠणी छौ पलपल हे माता अम्बे ।।
ज्ञान बहादुर अधिकारी
नेपाली पथार
जिला-बिश्वानाथ (असम ) भारत
©Gyan Bdr Adhikari
#jai Mata di