समाज लेख्न खोज्दै थियो,
मेरो भागमा दासत्वको कथा ।
मैले भत्काइदिएँ उसको परम्परा,
मेटाइदिएँ उसले कोरेको लक्ष्मणरेखा ।
आफूलाई कोर्ने मेरा अधिकार खोसेर,
उठाएँ कलम उसको विरुद्ध ।
म खाली पानामा 'मान्छे' लेख्दै छु,
म खाली पानामा 'म' लेख्दै छु ।
©Taani_writes