पूजा पनि किन गर्नू?
यहाँ हृदयभरि घाउ छ!
मान र सम्मान के थुपार्नु?
घरभित्रै बेइज्जतीको दाग छ!
गीत अर्काको के गाउनु?
आफूभित्र वेदनाको राग छ!
अरूलाई यहाँ के हँसाउनु?
मुटुभरि रोदनको राज छ!
तिमी मेरो, म तिम्रो
यो रीत नै सही लाग्छ
भन्दाभन्दै हामीबीच
प्रीत पनि बसिसकेछ।
जूनभन्दा राम्री देखिने तिमी
मेरै अङ्कमालमा अडी रहनू
उमेर, मालको आइपरे कमी
तिमी मदेखि उडी नजानू।
Continue with Social Accounts
Facebook Googleor already have account Login Here