(कविता)
"लकडाउन रिटर्न्स"
- रुपेश अधिकारी'विज्ञान'
छोटा धजे, कालेबुङ।
पोहोरको लकडाउनमा,
मोमो पाक्यो, सेलरोटी पाक्यो
के के पकवान पाक्यो पाक्यो
मान्छेले होम मेड पिज्जा नाम गरेर
गिलो रोटी पो चाख्यो।
विश्वमा महामारी चल्दा,
हाम्रो तिर भण्डारा चल्दै थियो
सबै तिर कोरोनाको त्रास हुँदा
यहाँ खाने कुरामा दाह्रा चल्दै थियो।
समयको चक्र घुम्दै गर्दा फेरि
महामारीले मौका पाइदियो नि
घिरौंला युग फेरि आइपुग्यो है
सेकेन्ड वेभले भाउ क्या खाइदियो नि।
नास्से चालमा भाइरस कुद्दै छ
हाम्रो सपनाहरु फेरि लुट्दै छ
त्रासको ब्ल्याङ्केट फेरि ओड्दैछ
महंगो भाडामा गाड़ी गुड्दै छ।
एक्काइस रुपयेको त्यो
जियो डाटा एड-अन झैं
दुई हजार एक्काइस पनि
हुन लाग्यो पोहोरको लकडाउन झैं।
निगुरो र दाम्चा कति खानु पर्ने हो कुन्नि
घिरौंला पनि हाँसी रहेको छ
कुवाको भ्यागुता झैं बसेको छ, बसेको छ
टाकाटकमा केटी नाची रहेको छ।
गुफाभित्र पसेर हुन्छ कि घरभित्र बसेर
बचाउनु छ आफ्नो अंश र वंश
चाहे सुतेर हुन्छ कि गिलो रोटी खाएरै
बित्ने रहेछ यो लकडाउन रिटर्न्स।
©Rupesh Adhikari
Continue with Social Accounts
Facebook Googleor already have account Login Here